सलाहले जिते ‘प्लेयर अफ द इयर अवार्ड

खेलकूद

salaha_odalnagezz

एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाहले पीएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन् । प्रोफेसनल फुटबलर एसोसिएसनले सलाहलाई पुरुषतर्फको अवार्ड प्रदान गरेको हो । सलाहले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका अन्य ५ खेलाडीलाई पछि पारे ।

अवार्डका लागि मनोनयनमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना, लिभरपुलका साडियो माने, भिर्गिल भान डाइक, टोटेनहमका ह्यारी केन र म्यानचेस्टर युनाईटेडक क्रिस्टियानो रोनाल्डो परेका थिए ।

सलाहले यस सिजन प्रिमियर लिगमा २४ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यस्तै महिलातर्फको अवार्ड चेल्सीकी साम केरले जितिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार