मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रसिया प्रस्थान

खेलकूद

damodar_regmi_zx1xyxysp5

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघको टोली रसिया प्रस्थान गरेको छ । रसिया बक्सिङ संघले नेपाल बक्सिङ संघलाई बोलाएको कार्यक्रममा बक्सिङ संघका पदाधिकारी सहित मन्त्रीको टोली गएको हो ।

कार्यक्रममा सहभागी हुन नेपाल बक्सिङ संघका पदाधिकारीसँगै खेलकुद मन्त्री, मन्त्रीका स्वकीय सचिव, मन्त्रालयका सचिवसहित राखेप कर्मचारी गएका हुन् । खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्त्रीका स्वकीय सचिव रोशनलाल सुनारको टोली रसिया गएको हो ।

यता बक्सिङ संघको तर्फबाट अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, सदस्य मानबहादुर भण्डारी, अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले पनि गएका छन् । बक्सिङ विकासको विषयमा रसियामा बोलाएको हो । ‘रसिया संघ र नेपाल बक्सिङ संघबीच शारीरिक संस्कृति र खेलकुदको क्षेत्रमा सहयोगको विकासका लागि कार्य योजना २०२२–२०२३’ को कार्यक्रममा रुस बक्सिङ संघले नेपालको बक्सिङ संघलाई बोलाएको हो ।

बक्सिङ संघका पदाधिकारीको खर्च आयोजकले बेहोर्ने भएपनि त्यस बाहेकका व्यक्तिहरुको खर्च राखेपले बेहोर्नेछ । मन्त्रीहरुको टोली जाने विषयमा नेपाल बक्सिङ संघले पनि स्वीकार गरेको छ । बक्सिङ संघले एक विज्ञप्ति निकाल्दै मन्त्रीसहितको टोली कार्यक्रममा सहभागि हुन जान लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार