महेन्द्र रत्न र रत्नराज्य फाइनलमा

खेलकूद

rr-volleyball-1024x768

काठमाडौं । महेन्द्र रत्न क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

ताहचल क्याम्पसमा भएको पहिलो सेमिफाइनलमा महेन्द्र रत्नले नेपाल कमर्स क्याम्पसलाई २४–२६, २५–१८, २५–२०, २२–२५ र १५–१३ को सेटमा पराजित ग¥यो । ७१ औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय भलिबल विभागले आयोजना गरेको प्रतियोगिताको अर्को सेमिफाइनलमा रत्नराज्यले त्रिचन्द्र क्याम्पसलाई २५–२२, २५–२३ र २५–१८ ले हरायो ।

फाइनल शनिबार हुने छ । त्यसै दिन तेश्रो स्थानका लागि नेपाल कमर्स र त्रिचन्द्र पनि भिड्ने छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।

राष्ट्रव्यापी खेलकुदअन्तर्गत बुटवलमा शनिबारदेखि खुला प्लस २ कलेजस्तरीय नकआउट भलिबल प्रतियोगिता हुने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाएका छन् । ब्वाइजमा १८ तथा गल्र्समा ११ टिम सहभागी छन् ।

ब्वाइज/गल्र्स दुवैका विजेताले ५० हजार, उपविजेताले ३० हजार, तेश्रोले २५ हजार र चौथो हुनेले १० हजार नगद पुरस्कार जित्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरु बुटवलस्थित सिद्देश्वर लालकुमारी माविमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार