टेनिस : जोकोभिचको विजयी सुरुआत

खेलकूद

jekochiv

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिच वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनमा विजयी सुरुआत गरेका छन् ।

६ पटकका च्याम्पियनसमेत रहेका जोकोभिचले सोमबारबाट सुरु भएको विम्बल्डनको पहिलो चरणमा दक्षिण कोरियकाली खेलाडी सुन्वो कोनलाई ३–१ सेटमा पराजित गरे ।

पहिलो सेट ६–३ ले जितेका जोकोभिचले दोस्रो सेटमा सोही नतिजा कोनलाई सुम्पिएका थिए । यद्यपि, त्यसपछिका दुई सेट ६–३ ६–४ ले जित्दै साविक विजेता जोकोभिचले दोस्रो चरणको यात्रा तय गरे ।

उनले तेस्रो चरण प्रवेशका लागि थानसी कोक्किनाकिस र कमिल मज्चर्जकबीचको विजेतासँग खेल्ने छन् ।

२० पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचले २०११, १४, १५, १८, १९ र २१ मा गरी ६ पटक विम्बल्डन जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार