राडुकानु र मर्रेको सुखद सुरुआत

खेलकूद

radu1656382340

एजेन्सी । बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानुले विम्बल्डन टेनिसमा विजयी सुरुआत गरेका छन् ।

चर्च रोडस्थित सेन्टर कोर्टमा सोमबार राति बेल्जियमकी एलिसन भानलाई हराउँदै राडुकानुले सुखद सुरुआत गरेकी हुन् ।

बेलायती नम्बर एक खेलाडी राडुकानुले भानलाई ६(४ र ६(४ ले पराजित गरिन् ।

अब राडुकानुले दोस्रो चरणमा कारोलिना गार्सियासँग खेल्ने छिन् ।

पुरुषतर्फ बेलायती एन्डी मर्रेले जित हासिल गर्दै दोस्रो चरणमा स्थान पक्का गरे ।

मर्रेले अष्ट्रेलियाका जेम्स डकवर्थलाई ४(६,६(३,६(२ र ६(४ ले पराजित गरे ।

मर्रेले अब अमेरिकाका जोन इस्नरसँग खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार