अपन राधेमाईलाई नेक्सस कप

खेलकूद

nek

काठमाडौं । अपन राधेमाई युथ क्लब वीरगन्जले यु–१६ नेक्सस कप टी– २० क्रिकेटको उपाधि मंगलबार जितेको छ ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित ग¥यो ।

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ८२ रन जोड्यो । राधेमाईका सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन जोडे । नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले २–२ विकेट लिए ।

जवाफमा नेक्ससले ११।४ ओभरमा ४३ रन जोड्दै सबै विकेट गुमायो । नेक्ससका सन्दिप विष्टले ३० स्कोर गरे । ‘म्यान अफ द म्याच’ राधेमाईका अनिश साह कानुले ३।४ ओभरमा ५ रन खर्चेर ५ विकेट लिए ।

उपाधिसंगै राधेमाईले १ लाख नगद पुरस्कार हात पा¥यो भने नेक्ससले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।

मोफसलको टोलीले उपाधि जितेको तेश्रो पटक हो । पहिलो संस्करण महेन्द्रनगरको सनराइज र दोश्रो वीरगन्जको युनाइटेड क्लबले जितेका थिए । तेश्रोमा आयोजक नेक्सस च्याम्पियन बन्दा चौथोमा ग्रेट हिमालय क्रिकेट एकेडेमी ९जिएचसीए०, ललितपुरले उपाधि चुमेको थियो ।

राधेमाईका अनिश ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट बलर पनि घोषित भए । उनले प्रतियोगितामा १ ह्याट्रिकसहित १४ विकेट लिए । प्रतियोगिताभर ११५ रन जोडेका नेक्ससका उत्तम थापा मगर उत्कृष्ट व्याट्सम्यान चुनिए । उदीयमान खेलाडीको उपाधि काठमाडौं क्रिकेट टे«निङ सेन्टर ९केसीटीसी० का कमल शाहीले जिते ।

विजेतालाई काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष विजय शर्मा, नेक्ससका अध्यक्ष भरतकुमार शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । असार ६ गते सुरु भएको प्रतियोगितामा मोफसलका ५ सहित १२ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार