सेरेना पहिलो खेलमै पराजित

खेलकूद

serena1656470133

एजेन्सी । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् ।

मंगलबार राति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसँग पराजित भईन् ।

सेन्टर कोर्टमा सेरेनालाई टानले ७(५, १(६ र ७(६ ९१०(७० को सेटमा पराजित गरिन् ।

अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसँग खेल्ने छिन् ।

एक वर्षपछि कोर्ट फर्किएकी ४० वर्षिया सेरेना ७ पटकको विम्बल्डन च्याम्पियन हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार