भारतलाई टी-ट्वान्टी सिरिज

खेलकूद

in1656468669

एजेन्सी । दोस्रो तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा भारतले आयरल्याण्डलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ४ रनले हराएको हो ।

यस जितसँगै भारतले दुई खेलको सिरिज २(० ले जितेको छ । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।

भारतले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि कप्तान एन्डी बलबर्नीले सर्वाधिक ६० रन बनाए । पाउल स्ट्रलिङले ४० रन बनाए ।

ह्यारी टेक्टरले ३९ रन जोड्दा जर्ज डोक्रेलले अविजित ३४ र मार्क एडरले अविजित २३ रन बनाए ।

भारतका भुवनेश्वर कुमार, उमरान मलिक, हर्षल पटेल र रवि बिष्नोईले समान १र१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुएर २ सय २५ रन जोडेको थियो ।

भारतमा दीपक होडाले १ सय ४ रनको शतकिय इनिङ खेले । सन्जु सामसनले ७७ रन बनाए ।

आयरल्याण्डका मार्क एडरले ३ तथा क्रेग योङ्ग र जोस लिटिलले समान २/२ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार