फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान

खेलकूद

fb_img_1656554940861-jpg

काठमाडौं । विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने ूअमेरिका कन्भेन्सन ९एनएसी०ू फुटबल प्रतियोगिता खेल्न बिहिवार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ । पाचौं संस्करणको एनएसी प्रतियोगिता खेन दुबै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन ।

भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस ९एलए० को टोलीबाट खेल्नेछन् ।

हाल भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार