विम्बलडन टेनिस : चोटका कारण बाहिरिए नाडाल

खेलकूद

nadal_fv65rhlfif-2

एजेन्सी । राफेल नाडाल पेटको चोटका कारण विम्बलडनको सेमिफाइनलबाट बाहिरिएका छन् । नाडालले शुक्रबार तय भएको निक किर्गियोसविरुद्धको सेमिफाइनल खेल नखेल्ने निर्णय गरेका हुन् ।

चोटका बाबजुद नाडालले बुधबार भएको क्वार्टरफाइनल खेलमा टेलर फिट्जलाई पराजित गरेका थिए ।

नाडाल बाहिरिएसँगै किर्गियस फाइनल पुगेका छन् । उनले फाइनलमा आइतबार नोभाक जोकोभिच र कामेरन नोरिइको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार