अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो

खेलकूद

england-1-1024x564

काठमाडौं । अन्तिम टी२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ । यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो । तीन खेलको शृंखला भारतले २(१ ले जित्यो ।

२१६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १९८ रनमा समेटियो । भारतका लागि सुर्यकुमार यादवले ११७ रन बनाए । इंग्ल्यान्डका रिसी टोप्लेले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनायो । इंग्ल्यान्डका लागि डेभिड मालनले ७७ रन बनाए । भारतका हर्सल पटेल र रवी विश्नोईले समान दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार