इङ्ल्याण्डसँग भारतको लज्जास्पद हार

खेलकूद

jonny-1024x648

एजेन्सी । इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो ।

 

भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए । इंग्ल्यान्डका बलर टोप्लीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए ।

 

यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनायो ।

 

इंग्ल्यान्डका मोईन अलीले ४७ रन बनाए । डेविड विल्ली ४१ रनको योगदान गरे ।भारतका युजभेन्द्र चहलले ४ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार