१९औं एशियाली खेलकुदको नयाँ मिति घोषणा

खेलकूद

asian-games_dtrca0jxbz

काठमाडौं । १९औं एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ ।

ओलम्पिक काउन्सिल अफ एसिया ९ओसिए०ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको हो ।

अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हुनेछ ।

यसअघि यही सन२०२२ को १० सेप्टेम्बरदेखि २५ सम्म प्रतियोगिता हुने भनिएको थियो ।

प्रतियोगिता आयोजनाका लागि बनेको विशेष टास्क फोर्सले चिनीया ओलम्पिक कमिटी, हाङझोउ एसियाली खेलकुद आयोजक कमिटी, चिनीया सरकार र अन्य सरोकारवालाहरुसँगको छलफलपछि मिति तय गरेको ओसिएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार