एन्फा विवादः जर्मन नागरिक पाण्डेको बर्खास्त गर्न १२ सदस्यको माग

खेलकूद

anfa-jpg-4

काठमाडौं । अवैधानिक रुपमा पहिलो बैठकबाट अखिल नेपाल फुटबल संघ (एन्फा)को अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका नविन पाण्डेको तत्काल बर्खास्त गर्न माग गरिएको छ ।

बिहीबार बसेको एन्फाको दोस्रो कार्यसमिति बैठक एजेन्डा प्रवेश नगर्दै स्थगित भएको छ । कार्यसमितिका १२ सदस्यले पहिलो बैठकमा विवादित बनेको निर्णय सच्चाउन माग गरेपछि अध्यक्ष पंकजविक्रम नेम्बाङले बैठक स्थगित गरेका थिए ।

यसपछि वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का (बच्चु) सहित १२ सदस्यले हस्ताक्षर सहित पाण्डेको बर्खास्त गर्न महासचिव किरण राईलाई पत्र बुझाएका हुन् । हाल एन्फाको कार्यसमितिमा २१ मध्य १९ रहेका छन् । दुई जनाको भने टुंगो लाग्न बाँकी छ ।

असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएर आएको कार्यसमितिको पहिलो बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाण्डे र कोषाध्यक्षमा रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।

यसअघि प्रक्रिया पूरा नगरि पहिलो बैठकले पाण्डेलाई दोस्रो पटक एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेको थियो । तर, यसपछि यस विषय निकै विवादित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार