महिला युरोः जर्मनी सेमिफाइनलमा

खेलकूद

germany_yfguo9j3yk

काठमाडौं । अष्ट्रीयालाई २–० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक(एक गोल गरे ।

लिलाले २५औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् ।

जर्मनी नवौं पटक युरो उपाधी जित्ने योजनामा रहेको छ । अब, फाइनल प्रवेशका लागि जर्मनीके फ्रान्स र नेदरल्यान्डबीचको विजेतासंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार