जापानमा पीएसजीको दोस्रो जित

खेलकूद

paris-saint-germain-v-urawa-red-diamonds_ndcumorcuh

एजेन्सी । प्रि–सिजन टुरअन्तर्गत जापान भ्रमणमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पीएसजीले जे लीग क्लब उरावा रेड डाइमण्डलाई ३० पराजित गर्‍यो ।

पीएसजीको जितमा पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक एक गोल गरे । अघिल्लो खेलमा लियोनल मेस्सीको गोल प्रेरित पीएसजी २–१ अन्तरले विजयी भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार