महिला युरो : फ्रान्स पहिलो पटक सेमिफाइनलमा

खेलकूद

france-netherlands-1024x576

एजेन्सी । साविक विजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा स्तब्ध पार्दै फ्रान्स पहिलोपटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।फ्रान्सले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले स्तब्ध पार्दै पहिलोपटक युरोको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

एससिल न्यूयोर्क स्टेडियम इंग्ल्यान्डमा शनिबार राति भएको खेलमा फ्रान्सको जितमा अतिरिक्त समयमा इभ पेरिसेटले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

१०२औं मिनेटमा जान्सेनले पेनाल्टी बक्समा काडिडियाटोउ डिएनीलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै फ्रान्सलाई पेनाल्टी प्रदान गर्दा पेरिसेट चुकिनन् । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा फ्रान्सले नेदरल्यान्ड्सको तुलनामा बल पोसेसन राख्दै आफ्नो अग्रतालाई जोगाउँदै विजयी हुन सफल भयो ।

योसँगै महिला युरो च्याम्पियनसिप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । अब फ्रान्सले सेमिफाइनलमा जर्मनीसँग बुधबार राति प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा इंग्ल्यान्ड र स्वीडेनबीच मंगलबार राति प्रतिस्पर्धा हुनेछ । फाइनल ३१ जुलाईमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार