एसिया कप क्रिकेट यूएईमा हुने

खेलकूद

asia-cup-points-min_hlp3yeyx4b

काठमाडौं । श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स ९यूएई० मा आयोजना हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।

टी–२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म) मै हुने एसीसीले जनाएको छ ।

एसिया कपमा साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउनेछन । यस्तै, छनोट प्रतियोगिताबाट १ राष्ट्र गरि ६ टिम सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार