मेस्सी चम्किदा पीएसजीको सुखद सुरुआत

खेलकूद

messi1659834594

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ ।

पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने

ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे ।

खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।

जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार