एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै

खेलकूद

india_pakistan_sdgxzqnib0

काठमाडौं । एसिया कपमा आज भारत र पाकिस्तान भिड्दैछन् । समूह ए अन्तरगत हुने खेल आज साँझ ७स्४५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिनेछ ।

यसअघि दुई टोली यही मैदानमा २४ अक्टोबर, २०२१ को टी–२० विश्वकपमा आमनेसामने भएका थिए । उक्त खेलमा पाकिस्तान १० विकेटले विजयी भएको थियो । यद्यपि एसिया कपमा सन् २०१४ पछि पाकिस्तानले भारतलाई हराउन सकेको छैन ।

एसिया कपका १४ खेलमा भारतले ८ मा जीत हासिल गरेको छ भने पाकिस्तानले ५ खेलमा जीत हासिल गरेको छ । भारतले सात पटक यो प्रतियोगिता जितेको छ भने ३ पटक उपविजेता रहेको छ । पाकिस्तानले यो उपाधि २ पटक जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार