पन्त नेपालको पहिलो आईटिओ र मैनाली टु स्टार रेफ्रीरजज

खेलकूद

काठमाडौं, ३ फागुन । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य पुस्करराज पन्त नेपालको पहिलो ईन्टर नेशनल टेक्निकल अफिसियल (आईटिओ) बनेका छन् । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबिए) ले गत १८ देखि २२ जनवरीसम्म थाइल्याण्डको राजधानी बैंककमा सञ्चालन गरेको आईटिओ परीक्षा उनले उत्तिर्ण गरेका छन् । बैंककको ह्वामार्क इन्डोर स्टेडियममा गत १७ देखि २७ जनवरीसम्म भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आईबिएले आईटिओ परीक्षा पनि सञ्चालन गरेको थियो ।

त्यसै गरी सोहि प्रतियोगिताको समयमा जनवरी १७ देखि २७ तारिख सम्म सन्चालन भई सम्पन्न भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आईबिए द्वारा सञ्चालित आईवा टू स्टार रेप््रmी जज कोर्षमा बागमती प्रदेश बोर्ड सदस्य धन कुमार मैनाली टू स्टार परीक्षा उतिर्ण गर्ने पहिलो नेपाली बन्न सफल रहेका छन् ।

एशियाली मुलुकहरु इराक, इन्डोनेसिया, भारत, बेलायत, कम्बोडिया, कजाकिस्तान, कुवेत, किर्गिस्तान, कोरिया, चीन, मलेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान गरी २० देशको २२ जना सहभागि आईटिओजहरुको यहि जनवरी १८ देखि २२ तारिखसम्म सञ्चालित उक्त आईटिओ तथा टु स्टार रेफ्री जज परीक्षामा उतीर्ण हुन सफल रहेका थिए ।

आईटिओज कुनै पनि अन्तर्राष्ट्रियस्तरका बक्सिङ्ग प्रतियोगिता सञ्चालन गर्नका लागि अन्तर्राष्ट्रिय बक्सिङ्ग संघद्वारा सञ्चालित परिक्षा ९सर्टिफिकेसन कोर्ष० पास गर्न सफल अफिसियल हुन् । अहिलेसम्म कुनै पनि नेपाली आइटिओ परिक्षा पास गर्न सफल भएका थिएनन् । आबिएको नियमानुसार बक्सिंग खेल सञ्चालनार्थ महत्वपुर्ण भूमिका निर्वाह गर्ने टेक्निकल डेलिगेट, डेपुटी टेक्निकल डेलिगेट्स, ड्र कमिश्नर, रिङ्ग साईड डाक्टर, कट टेक्निसियन, रेफ्री जज ईभेलुएटर, रेफ्री जज कोर्डिनेटर, अवर्जवर तथा ईक्विपमेन्ट मेनेजरलाई आईटिओज मानिन्छ ।

बक्सिंङ्ग प्रतियोगिताहरुलाई निष्पक्ष एवम् पारदर्शी ढंगले सञ्चालन गर्नका लागि आइबिएले समय समयमा नीति नियमहरु तथा निर्देशिकाहरु बनाएर उक्त परीक्षाहरुको सञ्चालन गर्ने गर्छ । आईटिओ तथा आईवा स्टार रेफ्री जज परिक्षा दिन कुनै पनि व्यक्ति एक्टिभ कोच, रेफ्री जज, टिम मेनेजर, बक्सर र पछिल्लो ६ महिनासम्म कुनै किसिमको कारवाही नभोगेको व्यक्तिले मात्र भाग लिन पाउँछ । यस्तो व्यक्ति निरन्तर बक्सिंग क्षेत्रमा काम गरिरहेको, आईवीएद्वारा सञ्चालित कोर्षहरुमा भाग लिएको तथा सम्पुर्ण नीति नियमहरुमा जानकार रहेको हुनुपर्छ ।

पन्त र मैनाली दुवैले सन् २०१९ मा नेपालमा आयोजित १३ औ दक्षिण एशियाली खेलकुद अन्तर्गत बक्सिङ्ग खेलको रेफ्री तथा जजको भुमिका समेत निर्वाह गरेका थिए ।

आईबिएले संचालन गरेको उक्त टू स्टार रेफ्री जज परिक्षामा नेपाल सहित विभिन्न देशहरुबाट १६ जना परिक्षार्थीहरु सहभागी रहेका थिए । आईबिएको नियम अनुसार आईटिओज तथा आईबिए टु स्टार सर्टिफिकेशन कोर्षको परिक्षामा उतिर्ण हुन लिखित तथा प्रयोगात्मक परिक्षामा कुल ८०५ प्रतिशत अंक प्राप्त गर्नुपर्नेहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार