आयरल्याण्ड वोल्भ्सविरुद्ध नेपालले पहिला बलिङ गर्दै

खेलकूद

काठमाडौँ, २१ चैत । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज हुदै छ ।

टियु मैदानमा हुने यो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपाल ए ले पहिला बलिङ गर्ने भएको छ ।

यसअघि सम्पन्न टी(२० सिरिज आयरल्याण्ड वोल्भ्सले २(१ ले जितेको थियो ।

आजको खेलमा नेपाल ए को प्लेइङ– ११ मा विनोद भण्डारी (कप्तान), अर्जुन साउद, अर्जुन कुमाल, देव खनाल, भिम सार्की, आरिफ सेख, शाहाब आलम, बशीर अहमद, रिजन ढकाल, मौसम ढकाल र कमल सिंह ऐरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार