फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातको भिडन्त

खेलकूद

काठमाडौं, २५ चैत । भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुदै छ ।

गुजरातको भापिमा हुने यो खेल अपराहन्न २स् ४५ बजेदेखी शुरु हुने छ ।

यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार