वीर गणेशमान राष्ट्रिय टी –२० मा लुम्बिनी र गण्डकीको जित

खेलकूद

काठमाडौं, ६ वैशाख । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशले वीर गणेशमान सिंह कप पुरुष राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।

लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्यो । मुलपानी मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कर्णाली प्रदेशले १६.४ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । कर्णालीका अर्जुन घर्तिले २८ रन बनाउन बाहेक अन्यले खास योगदान दिन सकेनन् ।

कर्णालीलाई कम योगफलमा रोक्ने क्रममा लुम्बिनीका देव खनाल, अविशेष गौतम र बिर घर्तिले समान २÷२ विकेट लिए । जवाफमा लुम्बिनी प्रदेशले ८२ रनको सामान्य लक्ष्य १२।२ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । ‘प्लेयर अफ दि म्याच’ चुनिएका लुम्बिनीका कप्तान देव खनालले अविजित ५१ रन बनाए ।

वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भइरहेको प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा गण्डकी प्रदेशले मधेश प्रदेशमाथि ८ विकेटको जित हात पा¥यो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो । मधेशका विशाल सुश्लिंगले २४ तथा विशाल पटेलले २२ रन बनाए । यस्तै मयन यादवले १८ तथा प्रदिप पासवानले १४ रनको योगदान दिए । गण्डकीको बलिङ्गमा कप्तान विपिन खत्रीले सर्वाधिक ४ तथा सुवाष भण्डारीले २ विकेट हात पारे ।

जवाफमा गण्डकी प्रदेशले १०३ रनको सामान्य लक्ष्य १६।३ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो । गण्डकीका अर्जुन कुमालले अविजित ४९ रन बनाए । इश्वर क्षेत्रीले ३२ रनको योगदान दिए ।

खेलको ‘प्लेयर अफ दि म्याच’ गण्डकी प्रदेशका कप्तान बिपिन खत्री चुनिए । शुक्रबार हुने दुई खेलमा बागमती प्रदेश र कोशी प्रदेश तथा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार