युरोपा लिगको सेमिफाइनलको समीकरण पूरा

खेलकूद

काठमाडौँ, ७ वैशाख । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलका दोस्रो लिगका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

युरोपा लिगको सेमिफाइनलमा इटालियन सिरी ए का एएस रोमा र एटलान्टा पुगेका छन् भने जर्मनी क्लब लिभरकुसन र फ्रेन्च क्लब मार्सेली सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा मार्सेलीले एटलान्टाको सामना गर्ने छ भने रोमाले जर्मन च्याम्पियन लिभरकुसनको सामना गर्ने छ ।

क्वाटरफाइनलमा रोमा एसी मिलानलाई पहिलो लिगमा १(० ले र दोस्रो लिगमा २(१ गरि समग्रमा ३(१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै एटलान्टाले प्रिमियर लिग क्लब लिभरपुललाई पहिलो लिगमा ३(० ले पराजित गरेको थियो भने दोस्रो लिगमा लिभरपुलले १(० ले जितेपनि समग्रमा एटलान्टा ३(१ ले विजयी हुदै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी लिभरकुसनले प्रिमियर लिग क्लब वेस्टह्यामलाई पहिलो लिगमा २(० र दोस्रो लिगमा १(१ को बराबरीसहित समग्रमा ३(१ ले पराजित गरेर सेमिफाइनमा पुगेको छ ।

त्यस्तै मार्सेलीले पोर्चुगलको क्लब बेनिफिकालाई पहिलो लिगमा २(१ ले पराजित भए पनि दोस्रो लिगमा १(० ले पराजित गर्दै समग्रमा २(२ को नतिजा आएपछि पेनाल्टी सुटआउटमा ४(२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अब सेमिफाइनलको पहिलो लिगका खेल मे २ मा र दोस्रो लिगका खेल मे ९ मा हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार