बास्केटबल टोली चीन जाने

खेलकूद

काठमाडौं, १३ वैशाख । बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ ।

विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको प्रतियोगिता १ साता चल्ने छ । नेपालको खेल भने शुक्रबारदेखि सुरु हुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा नेपालका लागि लिनिङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा।लि। का प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले खेलाडीलाई लिनिङको गियर प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार