रोहितको अर्धशतकले टर्न सकेन नेपालको हार

खेलकूद

काठमाडौँ, १६ वैशाख। कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद नेपाल ५ खेलको टी(२० शृंखलाअन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ।

आइतबार सम्पन्न खेलमा नेपाल १० रनले पराजित भएको हो। योसँगै वेस्ट इन्डिजले शृंखलामा १(१ को बराबरी गरेको छ। वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो।

नेपालले पहिलो पावर प्लेमा २८ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। तर, पहिलो खेलमा ११२ रनको शतकीय इनिङ्स खेलेका रोहितले यसपटक पनि उही लयमा खेल्दै नेपालको स्कोर कार्डमा ७१ रन थपे। ४८ बल खेलेका उनले अविजित रहँदै ६ चौका र २ छक्का प्रहार गरे।

तर, गुल्शनकुमार झा ९२६०, लोकशबहादुर बम ९१७० र आरिफ शेख ९१२० बाहेक कुशल भुर्तेल ९२०, कुशल मल्ल ९००, अनिलकुमार साह ९१०, दीपेन्द्रसिंह ऐरी ९३० र सोमपाल कामी ९३० जस्ता आश गरिएका ब्याटर चल्न नसक्दा नेपाल जितनजिक पुगेर पनि पराजय हुन पुग्यो।

वेस्ट इन्डिजका ओबेद म्याक कोए र गुडाकेश मोतीले २र२ विकेट लिए। ओशान थोमस र रोस्टन चेजको नाममा १र१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो।

वेस्ट इन्डिजका गुडाकेश मोतीले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन बनाए। उनी अविजित रहे। म्याथ्यू फोर्डे ११ रनमा अविजित रहे।

आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका प्रहार गरे। रोस्टन चेज २३, जोनसन चार्ल्स ११ र केसी क्यार्थी १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २र२ विकेट लिए। सोमपाल कामीको नाममा १ विकेट रह्यो।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार