लखनउमाथि कोलकोता ९८ रनले विजयी

खेलकूद

काठमाडौँ, २४ वैशाख । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलकोताले लखनउलाई ९८ रनले पराजित गरेको हो ।

कोलकोताले दिएको २३६ रनको लक्ष्य पछाएको लखनउ १६।१ ओभरमा अल आउट हुदै १३७ रन मात्र बनाएको थियो ।

यसअघि कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै २३५ रन बनाएको थियो ।

यो जितपछि कोलकोता शिर्ष स्थानमा उक्लिएको छ । कोलकोताको ११ खेलमा १६ अंक भएको छ । त्यस्तै लखनउको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको लखनउ अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार