गोल्डेनपिक, भ्याली पब्लिक र सेबलाई बीएनए कप

खेलकूद

काठमाडौं, १ जेठ । गोल्डेनपिक, भ्याली पब्लिक र सेबले सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । थ्री बाइ थ्रीको सिनियर ब्वाइजमा गोल्डेनपिक तथा गल्र्समा भ्याली पब्लिक च्याम्पियन बनेका हुन् । सेब जुनियर ब्वाइज उपाधि (फुल कोर्ट) जित्न सफल भयो ।

बसुन्धराको नमुना टोलस्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी ९बीएनए० को कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले टीआईएलाई १९–१८ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १३–१० ले हरायो ।

जुनियर ब्वाइजको फाइनलमा सेबले एन्जल्स हार्टमाथि २३–२२ को कठिन जित दर्ता ग¥यो । सेबका जीवन खत्रीले ९ अंक जोडे ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, सिनियर गल्र्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा जीवन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सारथी पाठशाला, सिनियर गल्र्समा नेचर बोर्डिङ स्कुल र जुनियर ब्वाइजमा न्युटन हाइ स्कुल अनुशासित टिम बने ।

जुनियर ब्वाइजमा २ छुट्टै विधागत उत्कृष्टको ट्रफी पनि प्रदान गरिएको थियो । एन्जल्स हार्टका अदित पुन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ तथा बीएनएका सिद्धान्त शर्मा ९६० अंक० सर्वाधिक स्कोर भए ।

विजेतालाई टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ, तार्केश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन, कीर्तिपुर नगर प्याब्सनका अध्यक्ष रवि भण्डारी, बीएनएका संस्थापक प्रिन्सिपल टंककुमार चापागाईं, बीएनएका स्कुल को–ओर्डिनेटर सन्तोष फुयाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २८ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २०, सिनियर गल्र्समा १३ र जुनियर ब्वाइजमा १२ गरी ४५ टिमले प्रतिस्पर्धा गरेको बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार