स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट

खेलकूद

काठमाडौँ, २ जेठ । स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट भएका छन् ।

पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग कपालीलाई ४(३ ले हराउँदै ओलम्पिका छनोट भएका हुन् ।

ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि ओलम्पिकमा संगीना वैद्य र दीपक विष्ट छानिएका थिए । संगिना २००४ को एथेन्स र दीपक २००८ को बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार