राडुकानु पराजित हुँदै बाहिरिईन्

खेलकूद

raduknuu1648175455

एजेन्सी । बेलायती महिला टेनिस खेलाडी ईमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् ।

चर्च रोडस्थित सेन्टर कोर्टमा बुधबार राति भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित भईन् ।

बेलायती नम्बर एक खेलाडी राडुकानुलाई गार्सियाले ६(३ र ६(३ को सेटले पराजित गरिन् ।

अब गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग खेल्ने छिन् ।

महिलातर्फ नै एन्जलिक केर्बरले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार