टी–२० विश्वकपको सुपर आठका आज दुई खेल हुदै

खेलकूद

काठमाडौँ, ८ असार । जारी टी(२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुदै छ ।

आज सुपर आठको समुह २ अन्तर्गत वेस्ट इन्डिज र अमेरिकाबीच हुदै छ । बारबाडोसस्थित केंसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः १५ बजेदखि शुरु हुदै छ ।

सुपर आठमा अमेरिका र वेस्ट इन्डिजले आ(आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने वेस्ट इन्डिज इङल्याण्डसँग पराजित भएको थियो । सेमिफाइनलको दौडमा दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । टी(२० अन्तर्राष्ट्रिय खेलमा दुवै देश पहिलो पटक आमने सामने हुदै छन् ।

त्यसैगरी आज दोस्रो खेल बंगलादेश र भारतबीच हुदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८स् १५ बजेदेखि शुरु हुने छ ।

सुपर आठमा भारतले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले भने पहिलो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको छ । भारतले यो खेलमा जित हासिल गरेमा सेमिफाइनलको सम्भावना लगभग निश्चित हुने छ भने बंगलादेशल यो खेलमा हार बेहोरेमा सेमिफाइनलको सम्भावना कठिन हुने छ ।

बंगलादेश र भारतबीच अहिलेसम्म १३ टी(२० खेल भएका छन् । जसमा भारतले १२ खेल जितेको छ भने बंगलादेशले एक खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार