ज्ञानोदय, रेडियन्ट र सेबलाई रेडियन्ट कप

खेलकूद

काठमाडौं, ११ मंसिर । ज्ञानोदय बालवाटिका आयोजक रेडियन्ट पब्लिक र सेबले १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ज्ञानोदय सिनियर ब्वाइज, रेडियन्ट सिनियर गल्र्स र सेब जुनियर ब्वाइजमा च्याम्पियन बने ।

सिनियर ब्वाइज फाइनलमा ज्ञानोदयले एलआरआईलाई ४२–३३ ले पराजित ग¥यो । ज्ञानोदयका दिपेश शाहीले १७ अंक जोडे । सिनियर गल्र्सको उपाधि भिडन्तमा रेडियन्टले स्वर्णिमलाई ३३–२१ ले हरायो । रेडियन्टकी दिब्यान्शा कार्कीले २३ अंक जोडिन् ।

स्युचाटारस्थित आयोजक रेडियन्टमा भएको जुनियर ब्वाइजको फाइनलमा सेबले कश्यपलाई १७–१२ ले पाखा लगायो । सेबका जीवन खत्रीले ५ स्कोर गरे ।

दीपेश र दिब्यान्शा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा सेबका युविन तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा युगान्ता, सिनियर गल्र्समा श्री नवीन ज्योति र जुनियर ब्वाइजमा बौद्ध चिल्ड्रेन हेभेन अनुशासित टिम ठहरिए ।

विजेतालाई काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकी, रेडियन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभाकृष्ण पौडेल, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, केन्द्रीय प्याब्सनका उपाध्यक्ष गोपाल आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गल्र्समा समान १२–१२ गरी जम्मा ४८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार