बंगलादेशविरुद्ध आइसिसीको निर्णय भारत खेल्न नआए आउट

खेलकूद

एजेन्सी, ७ पुस । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बैगलादेश भारतमा खेल्न नआए अर्को देशलाई मौका दिने निर्णय गरेको छ । आइसिसी बोर्डमै यस विषयमा बिबाद भएपछि मतदान प्रक्रियामार्फत बहुमतले यस्तो निर्णय गरेको हो ।

भारत र बंगलादेशको कटुतापूर्ण सम्वन्धको कारण २०२६ को आइसिसी पुरुष टी–२० मा सहभागि हुन बंगलादेशका खेलाडी भारत नआउने अडान लिएका छन् । टी–२० विश्वकप २०२६ को आयोजना भारत रश्रीलंकाले संयुक्तरुपमा गरेका छन् ।

आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई भारतमा खेल्ने आफ्नो अडानमा फर्कन थप एक दिन दिएको छ । उक्त समयमा बंगलादेशले अडान नफेरे आइसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिनेछ । ईएसपीएन क्रिकइन्फोकाअनुसार बंगलादेशको ठाउँमा स्कटल्याण्डले अवसर पाउने सम्भावना छ ।

भारत र बंगलादेशको विवाद कोलकाता नाइट राइडर्स ९केकेआर० ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि सुरुआत भएको हो । बीसीआईको निर्देशनमा यो कदम चालिएको थियो, जसको कारण स्पष्ट गरिएको छैन, तर दुई देशबीचको सम्बन्ध हालै तनावपूर्ण बनेको छ ।

मुस्ताफिजुर हटाइएपछि बंगलादेश सरकारले देशमा आईपीएलको प्रसारण प्रतिबन्ध लगायो र बीसीबीले आईसीसीलाई पत्र लेख्दै विश्वकपका खेलहरू भारतमा नखेल्ने बताउँदै आएको छ । टी(२० विश्वकप फेब्रुअरी ७ बाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार