टि–२० विश्वकप : बंगलादेश हटेर स्कटल्याण्डले ठाउँ पाउँदा नेपाललाई राहत

खेलकूद

बर्दिवास, १० माघ । अन्तः अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले टी–२० विश्वकप २०२६ मा खेल्ने टोलीबाट बंगलादेशको नाम हटाएको छ र त्यसको ठाउँ स्कटल्याण्डलाई दिएको छ । युरोपेली छनोटमा नेदरल्याण्ड्स र इटालीभन्दा पछि परेर छनोट हुन नसकेको स्कटल्याण्ड बंगलादेश बाहिरिएसँगै विश्वकप खेल्ने अवसर पाएको हो ।

वरियतामा स्कटल्यान्ड १४औं स्थानमा छ । भारत नजाने अडानका कारण बंगलादेशलाई आइसीसीले विश्वकपबाट हटाएको हो । बंगलादेश र नेपाल विश्वकपमा एउटै समूहमा थिए । नेपाललाई बंगलादेशको ठाउँमा स्कटल्याण्ड आउँदा पक्कै केही फाइदा मिलेको छ ।

नेपाल र स्कटल्याण्ड दुवै टोली एकअर्कासँग परिचित छन् । नेपालले केही खेलमा स्कटल्याण्डलाई हराएको छ भने केही खेलमा आफु पराजित भएको छ । २०२५ मा भएको त्रिदेशीय टी–२० सिरिजमा लिग चरणमा नेपाल र स्कटल्याण्डले एकएक खेलमा जित निकालेका थिए । एकदिवसीयमा पनि नेपाल र स्कटल्याण्डबिच प्रतिष्पर्धा हुने गरेको छ ।

इग्ल्याण्ड, वेष्ट इन्डिज जस्ता देशहरुलाई पन्छाएर शीर्ष दुईमा रहन नेपाललाई सहज भने पक्कै हुनेछैन । तर, २०२४ विश्वकपमा नेपालले गरेको प्रदर्शन यो विश्वकपमा कायमै रहेमा नेपाल सुपर–८ मा नपुग्दा भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार