झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो

खेलकूद

काठमाडौं, १० माघ । नेपाल आर्मीका अर्जुन बुढा र नेपाल एपीएफ क्लबकी फुलमति राना दसौं झिल्टुङ क्रस कन्ट्री दौडमा शनिबार पहिलो भएका छन् । खुलातर्फ १३.४ किलोमिटर दूरीको पुरुषमा अर्जुन र महिलामा फुलमति पहिलो भएका हुन् ।

अर्जुनले निर्धारित दूरी ५१ मिनेट ५७.८ सेकेन्डमा पूरा गरे । ताप्लेजुङका रमेश लिम्बू (५४ मिनेट २५.२ सेकेन्ड) दोश्रो तथा रुकुमका ठकेन्द्र शर्मा (५६ मिनेट २३.७ सकेन्ड) तेश्रो भए । फुलमितिले निर्धारित दूरी तय गर्न १ घण्टा ८ मिनेट ५ सेकेन्ड समय खर्चिन् । आर्मीकी राज्यलक्ष्मी रावल (१ घण्टा २१ मिनेट ८ सेकेन्ड)दोश्रो तथा एपीएफकी सुशिला महत (१ घण्टा ४० मिनेट ५ सेकेन्ड) तेश्रो स्थानमा रहे ।

बेलकोटगढी नगरपालिका, नुवाकोटद्वारा आयोजित प्रतियोगिताको स्थानियको जुनियर यु–१६ छात्र ४।५ किलोमिटरमा आशिष तामाङ पहिलो, गुल्सन रोका मगर दोश्रो र मनीष तामाङ तेश्रो बने । सो स्पर्धाको छात्रामा सिलसिला कुँवरले स्वर्ण, सकिना तामाङले रजत र राइस्का सुवेदीले कांस्य जिते ।

स्थानियतर्फ भेट्रान ४५ वर्षमाथि पुरुष ४।५ किलोमिटरमा चन्द्रमान श्रेष्ठ श्रेष्ठ पहिलो, मिठु नेपाल दोश्रो र राजेन्द्रप्रसाद नेपाल तेश्रो भए । आमा समूहको ४.५ किलोमिटरमा सनिता श्रेष्ठ पहिलो, विमला श्रेष्ठ दोश्रो र भवानी लामिछाने तेश्रो भए । भेट्रान पुरुष खुलाको १३.४ किलोमिटरमा धर्म महर्जनले स्वर्ण, रेवतबहादुर दाहालले रजत र रामचन्द्र श्रेष्ठ तेश्रो भए ।

जुनियर यु–१८ छात्रको ४.५ किलोमिटरमा बादल कार्की प्रथम, सुशान्त लामिछाने द्वितीय र प्रवीण कार्की तृतीय भए । त्यसै स्पर्धाको छात्रामा प्रनिशा कार्की पहिलो, सर्मिला गोले दोश्रो र आयुष्मा आचार्य तेश्रो बने ।

स्थानियको पुरुष १३.४ किलोमिटर दूरीमा विमल थापा मगर पहिलो, अम्मर श्रेष्ठ दोश्रो र सुमन श्रेष्ठ तेश्रो भए । विजेतालाई निवर्तमान सांसद् विमला सुवेदी, बेलकोटगढकी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ, उपमेयर शिव दाहाल, बेलकोटगढी नगरपालिका वडा ५ का अध्यक्ष मदन भुजेल, दौडका परिकल्पनाकार मोहन नेपाल, एथलेटिक्स परिवार नेपालका अध्यक्ष समेत रहेका रेस डाइरेक्टर राजन खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार