
काठमाडौं, १३ माघ । न्युटन र हिमशिलाले सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा सोमबार जित हात पारेका छन् ।
कपनस्थित आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलको कोर्टमा न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १६–१० ले पराजित ग¥यो । न्युटनको जितमा जेनिशा तामाङले ६ अंक योगदान गरिन् । जेविना श्रेष्ठको ६ अंक सहयोगमा हिमशिलाले एनसीसीएसलाई १८–१७ को साँघुरो अन्तरले हरायो ।
जुनियर गल्र्समै साविक विजेता आयोजक फेरिल्यान्ड ‘ए’ ले भ्याली पब्लिकलाई २०–१६ तथा जेबी स्कुलले भक्तिलाई १८–१४ ले पाखा लगाए । फेरिल्यान्ड ‘ए’ की सन्दिपा राईले १० तथा जेबीकी संगिता राईले ६ स्कोर गरे ।
जुनियर ब्वाइजमा फेरिल्यान्डले हिमशिलालाई २६–१८, एन्जल्स हार्टले बीएनएलाई २७–१८, गोल्डेनपिकले न्युटनलाई १९–१५ र जेबीले भक्तिलाई २५–२० ले पन्छाए । फेरिल्यान्डका राहुल मग्राती, एन्जल्स हार्टका अश्विन जुग्जाली, गोल्डेनपिकका आदित कुलुङ र जेबीका आरोन राणाले समान ६–६ अंक जोडे ।
