दिक्षा, महेश, र रनोजलाई उपाधि

खेलकूद

काठमाडौं, ८ चैत । सातौं इन्टरटेनमेन्ट टेबलटेनिस प्रतियोगिता (ई.टि.टि) ललितपुरको नख्खुमा रहेको बुल्स हेल्थ क्लबमा मिति २०८२/१२/७ गते शनिवार सम्पन भएको छ । प्रतियोगितामा महिला /पुरूष गरि ९६ खेलाडी र ३२ टिम समावेश थिए । उक्त प्रतियोगिता मा ३१ टिमलाई पछि पार्दै दिक्षा दाहाल /महेश श्रेष्ठ/रनोजमान थकुको टिम प्रथम हुन सफल भएको छ ।

साथै प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई आयोजक कमिटिका अध्यक्ष एवम् अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले पुरस्कार वितरण गर्नु भएको छ । उक्त प्रतियोगितामा प्रथम टिमलाई थाइल्यान्ड भ्रमण, दोस्रो टिमलाई पोखरा भ्रमण र तेस्रो टिमलाई मोबाइल उपल्बध गराएको कुरा आयोजक कमिटिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार