प्रधानमन्त्री कपः मधेशले सुदूरपश्चिमलाई ५ विकेटले हरायो

खेलकूद

काठमाडौं, ११ चैत । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको छ।

१६१ रनको लक्ष्य मधेशले ३३.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। अरनिको यादवले अविजित ४६ रनको योगदान दिँदा मोहम्मद आदिल आलमले ३४, पवन सर्राफले २१ तथा रुपेश सिंहले १६ रन जोडे। मधेशले अतिरिक्त २१ रन पायो।

बलिङतर्फ सुदूरपश्चिमका अशोक धामीले तीन तथा शेर मल्लले दुई विकेट लिए।

त्यसअघि नारायणी क्रिकेट मैदान विरगञ्जमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिम ४३.२ ओभरमा अलआउट हुँदै १६० रन जोड्यो। अभिषेक पलले ३३, किरण ठगुन्ना र नारायण जोशीले २३–२३ रन बनाउँदा अशोक धामीले १९ रन जोडे। सुदूरपश्चिमले अतिरिक्त २८ रन जोड्यो।

बलिङतर्फ मधेशका अरनिको यादवले तीन तथा प्रदीप पासवानले दुई विकेट लिए भने रुपेश सिंह, मोहम्मद आदिल आलम, आशिक बैठा र पवन सर्राफले एक–एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार