मुसहर बालबालिकालाई पत्रकार महतोेको सहयोग

समाचार

बर्दिवास, २८ वैशाख । महोत्तरीको बर्दिबास नगरपालिका—१४ एकीकृत नमुना मुसहर बस्तीका बालबालिकालाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोले शैक्षिक समाग्री सहयोग गरेका छन् । शैक्षिक सत्र २०८३ को सुरुवाती चरणमा युवा पत्रकार महतोले १ सय बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका हुन् ।

यी बालबालिका बस्ती नजिकैको जनता माध्यमिक विद्यालयमा अध्ययन गर्छन । अरूका लागि यो समान्य कुरो भएपनि मुसहर बालबालिकाका लागि निकै ठूलो गुन हो । किनभने यो बस्तीका पहिलो पुस्ता जो अहिले कखरा पढ्दै छ्न । उनीहरूको संघर्ष र अठोटले भुइँमान्छेहरूलाई भने उत्साहित बनाएको छ। पत्रकार महतोले बलबालिकाको पढाइ बारे स्कुलका प्रधानाध्यापक तोप बहादुर ठकुरी सङ छलफल समेत गरेका थिए ।

पुस्तौंदेखि  शिक्षाबाट वञ्चित मुसहर बस्तीका केही परिवारमात्रै होइन समुदाय नै शिक्षाको उज्यालो ज्योतितर्फ लम्किहेको छ। जसको नेतृत्व करुणा सदा, आसिक सदाजस्ता बालबालिकाले गरिरहेका छन् । मुसहर बस्तीमा तीन सय बढी जनसंख्या छ।  केही मात्रैले कक्षा १० पास गरेका छन् ।

पूर्व—पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास चोकभन्दा डेढ किलोमिटर दक्षिणमा एकीकृत नमुना मुसहर बस्ती पर्छ। जहाँका बालबालिका सुनौलो भविश्यको सपनामा रमाउदैं विद्यालय आउजाउ गर्छन् ।

रोग, भोक, अशिक्षाले पुस्तौनी थलिएको मुसहर बस्तीकी एक पात्र ललितालाई जीवन बाँच्न कठिन थियो। त्यसमाथि पढ्नुको कुरा त कसैले कल्पना नै गर्न सक्दैन े। मधेसको दलित मध्य पनि महादलित जात मुसहर हो। गाउँमा पानी लिन जाँदा पनि बस्तीवासीले छुवाछूतको व्यवहार खेप्नु परेको थियो ।  स्कुलमा गएर पढ्नु त टाढाको कुरो भयो। तर, पढ्ने र दुनियाँ बुझ्ने सपनाले सधैँ चिथोरिरह्यो।

२०७३ सालमा युवा  पत्रकार तथा समाजिक अभियानता राजकरण महतोले हास्य कलाकार धुर्मुस र सुन्तली त्यो बस्ती पुर्याए । त्यो बेला पढ्नुपर्छ भनेर सबैलाई स्कुल भर्ना  गराए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार